• रोनाल्डोलाई उछिन्दै मेस्सीले जिते "UEFA गोल अफ द सिजन" को अवार्ड

    २०७६ साउन २४, एजेन्सीहरू 
    सन २०१८/१९ को ‘युइएफए गोल अफ् द सिजन’को अवार्ड बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले हात पारेका छन । 2018/19 ‘गोल अफ् दि सिजन’ काे लागि क्रिस्टियानो रोनाल्डो, लियाेनेल मेस्सी र इभान राकिटिककाे उत्कृष्ट गाेल मनोनयनमा परेकाे थिए । जसमा फुटबल जगतकै लामाे समय देखीकाे प्रतिस्पर्धी हाल युभेन्टसबाट खेलीरहेका पाेर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै उक्त अवार्ड बार्सा का क्याप्टेन अर्जेन्टियन लियाेनेल मेस्सिले जितेका हुन । 
    खेल मैदान हाेस या ब्यक्तिगत उपलब्धी हरेक हिसाबमा मेस्सी र राेनाल्डाेकाे तुलना हुने गर्दछ । अझ यती सम्मकी यी दुइ खेलाडीमा काे बेस्ट भन्नेमा पनी निकै बहस चल्ने गर्दछ । गत सिजन च्याम्पियन लिग अर्न्तगत सेमिफाइनलकाे पहिलाे लेगमा भएकाे खेलमा मेस्सीले लिभरपुलविरुद्ध गरेको फ्रि किक गोललाई समर्थकहरूले अनलाइन भोटिङले सर्वोत्कृष्ट गोलकाे रूपमा छानेका थिए । मेस्सीले साे गाेल लिभरपुलका सर्वोत्कृष्ट गोलकिपर बनेका ब्राजिलिनय गोलकिपर एलिसन बेकर विरुद्ध गरेका थिए । 

    उक्त खेल बार्साले ३-० गाेलले जिते पनी दाेस्राे लेगमा लिभरपुलसंग ४-० ले पराजित पराजित भएकाे थियाे । अन्त्यमा लिभरपुल गत सिजनकाे च्याम्पियन बनेकाे थियाे । रोनाल्डोले आफ्नै पुर्व क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको भली गोललाई युइएफएले सर्वोत्कृष्ट घोषित गर्दै अवार्ड मनाेनयनमा परेकाे थियो तर फुटबलका समर्थहरूले उनकाे गोललाई नराेजेर मेस्सीको उत्कृषट फ्रि किक गाेललाइ गोल अफ द सिजनका रूपमा अत्याधिक मत दिएका छन । Watch Winner Goal