• नेपाल मगर महिला संघको २ दिने प्रस्ताव लेखन तालिम समापन

    २०७६ साउन ३०
    नेपाल मगर महिला संघ, जिल्ला समन्वय समिति, कास्कीको   आयोजनामा गत मंगलबारबाट पाेखरामा सुरु भएको दुई दिने प्रस्ताव लेखन तालिमको बुधबार समापन भएकाे छ । नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले प्रत्येक इकाइमा कार्यरत मगर महिलाहरूलाई प्रस्ताव लेखनमा पोख्त बनाउन तालिमको आयोजना गरिएको बताउदै तालिम कार्यक्रमको समापन गरेका थिए ।

    साे कार्यक्रममा नेपाल मगर महिला संघ, गण्डकी प्रदेशकी कोषाध्यक्ष तुलसी थापामगरले तालिममा सिकेका सबै कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिमकी प्रशिक्षार्थी मुनु थापामगरले तालिम निकै फलदायी भएको बताउँदै अब प्रस्ताव लेखनका बारेमा आफू प्रष्ट भएको बताएका थिए । त्यसै गरी नेपाल मगर महिला संघ, पोखरा महानगर समितिकी अध्यक्ष ज्योति थापाम गरले प्रस्ताव लेखन तालिमले मगर महिलाहरूलाई कार्यक्रम आयोजनाका लागि आर्थिक स्रोत जुटाउन सहज हुने विश्वास व्यक्त गर्नु भएकाे थियाे  ।
    त्यसैगरी, सचिव ईश्वरी थापामगरले प्रस्ताव लेखनका लागि अरु कसैको भर पर्नु नपरोस् भनेर यस तालिमको आयोजना गरिएको बताउनुभयो । दुइ दिने साे तालिमलाइ नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसमगर प्रशिक्षणा दिएका थिए ।