• चितवनकाे प्रहरी कार्यालयमा ढुंगा मुढा रड प्रहार , ५ प्रहरी घाइते

    २०७६ साउन ३१ चितवन 
    पत्रकार रबि लामिछाने सहित अन्य २ जना पत्रकार शालिकराम पुडासैन आत्महत्या दुरूत्साहन अभियाेगमा प्रकाउ परे संगै उनकाे रिहाइ र निस्पक्ष छानबिनकाे माग गरी नाराबाजीमा उत्रेका रबि लामिछानेका समर्थकहरूले शुक्रबार साँझ केही बेर अगाडी जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा प्रहार गरेका छन ।

     चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार चौकी बाहिरबाट युवाहरूकाे ठूलो भिडले चौकी भित्र मुढा, ढुंगा, रड प्रहार गर्दा ५ प्रहरी घाइते भएकाे जानकारी दिएका छन । लामिछानेका समर्थकहरूले प्रहरी चौकीभित्र ढुंगा मुढा प्रहार गरेपछी भिड नियन्त्रणामा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेकाे थियाे । आज दिउसाे मात्र रबि लामिछने सहित अन्य दुइ जना माथी थप अनुसन्धानकाे लागी जिल्ला अदालतले ५ दिन म्याद थपेकाे थियाे ।