• बिरोध गर्नेलाई लालबाबु पण्डितको चुनौती “हिम्मत भए आउनुस मैदानमा ”

    २०७६ साउन २५ इनरुवा ।
     पहिलाे कार्यकालमा निकै राम्रा काम गरेर चर्चा कमाएका मन्त्री लाल बाबु पण्डितले यसपाली भने जनताकाे निकै अालाेचना खेप्नुपरेकाे छ । सत्तारूद दल नेकपा का नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो बिरोध गर्नेहरूलाइ मैदानमा आउन चुनौती दिएका छन । 

    तराई मधेश समृद्धि कार्यक्रम अर्न्तगत निर्माण गरिएको नमूना वस्ती हस्तान्तरणका लागि सुनसरीको इनरुवा ६ मधेशा पुगेकाे सामान्य प्रशासन मन्त्री पण्डितले आफ्नो बिरोधमा पुत्ला जलाउनेहरुलाई हिम्मत भए मैदानमा आएर जनता सामू उभिन खुला चुनौती दिएका हुन । 

    साे नमूना वस्ती जन श्रमदान सहित रू ५५ लाख लागतमा निर्माण भएकाे हाे । मन्त्री पण्डितले स्थानीय परिवारलाई साे स्थानमा निर्माण गरिएका ३ कोठे घर हस्तान्तरण गर्नु भएको हाे ।
    विरोधी र विपक्षीलाई पण्डितले आफू काम गरेर देखाउन काे लागि अाएकाेले डर र त्रास देखाएर पण्डित तर्सेला भन्नेर दिउसै सपना नदेख्न अनुराेध गरेका थिए । 

    मन्त्री पण्डितले स्थानीय तहमा जन सेवा भन्दा पनी ब्रम लुट मच्चिएको भन्ने गुनासो बढेसँगै अख्तियारले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले गलत काम गर्ने र भ्रष्टाचारमा संलग्न साना देखी ठुला सबै माछाहरू जेल जाने बताउनु भयो । 
    उनले ब्रम लुट धन्दामा लागेकाहरु स्वत जनताले बहिस्कार पनी गर्ने र कानुन बमाेजिम कारबाही भाग्ने बताउनुभयाे छ ।