• नेपालमा बन्छ ७० देशलाई चाहिने आँखाको लेन्स

    २०७६ साउन ३१ काठमाण्डौ 
     नेपालले एउटा सामान्य सियाे लगायत नुनदेखि सुनसम्मका हरेक सामाग्रीहरूकाे लागी छिमेकी मुलुक लगायत विदेशकै भर पर्नुपर्ने अबस्था रहेकाे सबैलाइ थाहा भएकाे कुरा हाे । अर्काे राेचक कुरा के भने नेपाल कृषी प्रधान देश भएर  पनी कृषीमा आधारीत कैयाै खाद्य बस्तुहरू अझै पनी  अरूकै भरमा पर्नुपर्ने हुन्छ ।

     बिश्वकै  जलस्राेतकाे धनी मध्येकाे  देश नेपाल  जलबिधुतकाे प्रचुर संभावना रहेकाे हाम्राे देशले   कुनै बेला त झन भारतबाट समेत बिजुली किन्नु पर्ने अबस्था थियाे । तर यती हुदा हुदै मानिसका शरिरकाे एकदमै महत्वपूर्ण अंग आँखाको दृषटि दिने लेन्स नेपालले विश्वका कैयाै देशमा निर्यात गर्छ भन्ने सुन्दा हामी सबैलाइ अचम्म लाग्नु स्वभाविक हाे । तर यो साचाे हो कि नेपालमा उत्पादित आँखाको लेन्स नेपालले बिश्वका ७० देशलाइ निर्यात गरेपछी संसारका धेरै आखा सम्बन्धी समस्या भएका मान्छेले राहत पाएका छन । सामान्य अबस्थामा मानिसको आँखामा प्राकृतिक लेन्स हुन्छ ।

     त्यही प्राकृतिक लेन्स अपारदर्शी भएपछि मानिसमा दृषटी सम्बन्त्री समस्याहरू उत्पन्न हुन्छ । जुन प्राकृतिक रूपमा जन्मजात अाखामा रहेकाे लेन्सलाई झिकेर कृत्रिम लेन्स अर्थात् इक्ट्राअकुलर लेन्स राखिन्छ । जुन लेन्स नेपालहा उत्पादन हुने गर्दछ । बिशेष गरी मोतीबिन्दुकाे कारणा दृष्टि गुमाएका बिरामीहरूका लागि लेन्स भने नेपालमा तिलगंगा आँखा प्रतिष्ठानले बनाउने गर्दछ । 

     कृत्रिम लेन्सका लागी आवश्यक कच्चा पदार्थ बेलायतबाट र अमेरिका ल्याएर दक्षिण एसियामै आँखाको लेन्स उत्पादन गर्ने पहिलो देश नेपाल नै रहेकाे छ । आज भन्दा करिब २०-२५ बर्ष अगाडी सम्म यस्ताे लेन्सकाे मुल्य बिश्वमा १५०- २०० डलरसम्म पर्थ्याे जुन नेपालीमा कन्भर्ट गर्दा महंगाे हुने हुदा कैयाै नेपालीहरू मोतीबिन्दु भएपछि धेरै अन्धकारमै जिबन बिताउन बाध्य थिए । सुरुमा तिलगंगाले एउटा लेन्स ३ डलरमा उत्पादन गरेर अन्य देशरूलाइ १५-२० डलरमा  निर्यात हुदै गरेकाे र  उत्पादन बढ्दै गएपछि लेन्सको मूल्य अझ घट्दै गएको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले बताएका छन  । एक अध्ययनका अनुसार नेपालमा बनेकाे उक्त लेन्स अहिलेकाे विश्वका उत्कृष्ट लेन्स मध्येमा एक पर्छ यस अर्थमा पनी नेपालमा उत्पादित कृत्रिम लेन्स सस्ताे र गुणास्तरीय भएकाेले बिश्व बजारमा नेपालकाे उत्पादनमा उत्पादित लेन्सकाे  माग उच्च रहेकाे छ  ।