• नेपाल आउने भारतीय गाडीमाथि निगरानी बढाउन अनलाइन अभिलेखिकरण सुरू

    २०७६ भदाै ३ काठमान्डाै 
    विराटनगर भंसार नाकामा हुदै नेपाल प्रबेश गर्ने भारतिय सवारी साधनहरुको दुरुपयोग रोक्न विराटनगर भंसारले भारतिय गाडीहरुको अनलाइन प्रणालीबाट अभिलेखिकरण राख्न शुरु गरेकाे छ । याे नाका भएर  बढी मात्रामा  भारतिय मोटरसाइकल प्रबेश गरे पनी  यस  नाकाबाट हरेक दिन करिब २ सय ५० भन्दा बढी बिभिन्न भारतिय सवारीहरू अस्थायी परमिट लिएर बिहान नेपाल आएर साझ फर्किने गरेका छन । 

    नेपालकाे सिमावर्ती क्षेत्रमा जुनसुकै भारतिय सवारीले एक दिनमै फर्किनका लागि भंसारले निशुल्क अस्थायी पैठारी अनुमति पत्र दिने गर्दछ । बिहान गएर साझ फर्किनेले कुनै शुल्क तिर्नुपर्दैन तर त्यो भन्दा बढी नेपाल बस्नु परे दैनिक ५०० रुपैयाका दरले शुल्क तिर्नुे प्राबधान छ । प्रावधान अनुसार एक पटकमा बढीमा ७ दिन र एक वर्षमा ३० दिन भन्दा बढी भारतिय सवारीहरू नेपालमा रहन पाउनेछैनन । 

    अब नेपाल प्रवेश गरेका भारतिय सवारी साधनको अनलाइन मै अब डाटा राख्ने भएपछी नेपालमा हुनेगरेका दुरुपयोग रोकिने विराटनगर भंसार कार्यालय भंसार अधिकृत मणिराम पौडेलले बताएका छन ।