• आन्दोलनको रुपमा मनाइयाे २५ औँ विश्व आदिवासी दिवस

    २०७६ साउन २४ काठमाण्डौ 
    अगष्ट ९ लाइ विश्वभर आदिवासी दिवस मनाउने गरिन्छ । नेपालमा रहेका आदिवासीहरूले नेपालमा पनी २५ औँ विश्व आदिवासी दिवस मनाएका छन । आदिवासी जनजाति महासंघले नेपालमा आन्दोलनको रुपमा मनाएको बताएकाे छ ।

     शुक्रबार बिहान भृकुटीमण्डपमा भेला भएर जुलुससहित माइतीघर मण्डलामा पुगेर कार्यक्रम गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघका अनुसार यसपालीकाे आदिवासी दिवसलाई सडकमै आन्दोलनको रुपमा मनाइएकाे हो । 
    कार्यक्रममा सांस्कृतिकसँगै आदिवासी जनजातिहरूका परम्परागत हातहतियार समेत प्रर्दशन गरी दिवस मनाइएको हाे । निजामती कर्मचारीको भर्ना संविधानअनुरुप नभएको भन्दै लोक सेवा आयोगकाे बिराेध गर्दै सडकमै आदिवासी दिवसलाई मनाएको अध्यक्ष जगत बरामले बताउनुभयाे ।