• नेपाली चलिचत्र जगत स्तब्ध सुभद्रा अधिकारी : पशुपतिमा अन्तिम बिदाइ (फाेटाे फिचर)

    २०७६ साउन ३२ काठमाडौं 
    नेपाली चलिचत्र लगतमा झन्डै ४ दशकदेखि कलाकाररकाे रूपमा सक्रिय रहुनुभएका वरिष्ठ चलचित्र अभिनेत्री सुभद्रा अधिकारीको शनिबार ७२ वर्षको उमेरमा निधन भएको छ । बिगत केही समय देखी निमोनियाबाट पीडित रहेकाे अधिकारीको काठमान्डाैकाे डल्लुस्थित स्व निवासमा निमाेनियकाे कारण निधन भएको हो । केही बेर अगाडी उहाकाे पशुपती आर्यघाटमामा अन्तिम दाहसंसकार भएकाे छ  
    उनलाइ श्रदासुमन अर्पण  दिन पर्यटन मन्त्री योगेश भट्टराई सहित नेपाली चलचित्रर्मीहरू तथा शुभचिन्तकहरू  पशुपति आर्यघाटमा पुगेका थिए । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार सुभद्रा अधिकारीले अाफ्नाे  आँखा दान समेत गरेका छन । बिशेष गरी चरीत्र अभिनेत्रीकाे रूपमा नेपाली रंगजगतलाइ बिशेष याेगदान दिनुभएका अधिकारीले कन्यादान,चिनो, भाउजु लगायत अन्य सयाै भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका थिए ।
    स्व . सुभद्रा अधिकारीले चलिचत्र बाहेक टेलिफिल्म र भिडियो फिल्म, नाटक , गीति नाटक, पनि काम गरीसकेका छन उनले चलचित्र र नाटक क्षेत्रमा लगाएको गुन नेपाली रंगकर्मी जगतले कहिले पनि विर्सने छैन । अदबिदा सुभद्रा।।।