• दुखद खबर : चितवनमा डेङ्गु र स्क्रवटाइफसकाे प्रकाेप तीन जनाको मृत्यु

    २०७६ भदाै १२ 
    चितवनमा स्क्रवटाइफस र डेङ्गु का कारण ३ जनाको ज्यान गएकाे छ । मृत्यु हुनेमा २ जना चितवन र रौतहटका एक जना रहेकाे स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएकाे हाे । चितवनमा ज्यान गुमाउनेमा शुक्रनगर भरतपुर महानगरपालिका का १६ वर्षीय किशोरी र भरतपुर महानगरपालिका-१ गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय बृद्दकाे डेङ्गुकाे कारण ज्यान गएकाे हाे । यस्तै गरी स्क्रवटाइफस का कारण रौतहटका ३४ वर्षीय पुरुष ले ज्यान गुमाएका हुन । दुइकाे मृत्यु मेडिकल कलेजमा भएकाे थियाे भने किशाेरीकाे मृत्यु पुरानाे मेडीकल कलेजमा उपचारकाे क्रममा भएकाे हाे । 
    चितवनमा गत महिना यता ४३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गु र स्क्रवटाइफसकाे संक्रमण तथा बिमारी हरू बढ्दै गएसंगै लामखुट्रटे  नियन्त्रणका लागी  सरकारले जनचेतना अभियान चलाइएकाे छ साथै बिशेष याेजना बनाउदै गरेकाे छ जसमा स्वास्थ्य मन्त्री उपेन्द्र यादबले सेना प्रहरी परिचालन गरेर भनएपनी डेंगुलाई परास्त पार्नुपर्ने  बताएका छन ।