• राष्ट्रियसभा बाट काउन्सिल विधेयक सर्व सम्मतिले पारित

    २०७६ भदाै १३
     राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकले “नेपाल मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्व सम्मतिले स्वीकृत गरेको छ । विधेयक मा उठेका जवाफ दिदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल विधेयक ल्याइएको बताएका छन । 

    राष्ट्रियसभाको अब अर्को बैठक अगामी भदौ २५ गते बुधबार बस्ने छ । सांसद प्रमिला कुमारीले देशमा बढ्दै गएको भ्रष्टाचारको अन्त्य, महिला तथा बालबालिकामाथि हुने गरेको हिंसा र आवाजविहीनको आवाजलाई बुलन्द गर्न सञ्चार क्षेत्रले स्वतन्त्ररूपमा काम गर्न पाउनुपर्ने माग राख्नुभयो ।  त्यसै गरी  सांसद डा विमला राई पौडेलले मुलुकको सामाजिक आर्थिक विकासमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका भए पनि पछिल्लो समयमा देखिएको विकृति रोक्नुपर्नेमा जोड दिए भने सांसद वृशेषचन्द्र लालले काउन्सिललाई समावेशी बनाउनुपर्ने बताए