• नेपाल टेलिकमको रोमिङ सेवा अब विश्वका ८७ देशमा

    २०७६ साउन २८ काठमाडौं
     नेपालकाे प्रमुख दुर संचार कम्पनी नेपाल टेलिकमले अबदेखी विश्वका ८७ मुलुकमा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको जानकारी गराएकाे छ । जुन नेपाल टेलिकमले बिश्व्मा रहेका ८७ देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी रोमिङ सेवा सुबिधा दिएकाे हो । 

    बिदेश यात्रामा रहेकाे नेपाली तथा नेपाली सिम प्रयाेगकर्ता काे सुबिधालाइ ध्यानमा राखी ल्याइएकाे याे सुबिधाले अब देखी रोमिङ सुविधा लिएका नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले बिश्वका ८७ मुलुकमा गएको समयमा नेपाल तथा बिश्वका जुनसुकै मुलुकमा नेपालकै सिमबाट फोन गर्न, सन्देश पठाउन तथा प्राप्त गर्न आएको फोन उठाउन, सक्ने नेपाल टेलीकमले जनाएकाे छ । 

    नेपाल टेलीकमका प्रवक्ता प्रतिभा वैद्य का अनुसार ५३ देशका ९९ सेवा प्रदायक सँगको रोमिङ सेवा शुल्कमा भारी छुट प्रदान गरिएकोछ साथै जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा सहुलियत प्रदान गरिएको बताइएकाे छ । कम्पनीले गत वैशाख १६ गतेदेखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि दुई छिमेकी मुलुक चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको थियाे ।

    नेपालकै प्रमुख दुर संचार प्रदायक कम्पनी टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको भए पनी हाल साे सेवाहालइ बृहत बनाउदै लगेकाे हाे।