• नेपाल - भारत संयुक्त आयोगको पाँचौँ बैठक सुरू व्यापार तथा पारवहन सन्धीको पुनरावलोकन हुने

    २०७६ भदाै ४ काठमाडौं 
    नेपाल–भारत संयुक्त आयोगको ५ औ बैठक राजधानी काठमाण्डौमा बिहिबारबाट शुरु भएको छ । शुक्रबार सम्म चल्ने दुइदिने नेपाल-भारत संयुक्त वैठकमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली नेपालीकाे तर्फबाट र भारतीय विदेशमन्त्री सुव्रहमण्यम जय शंकर भारतीय पक्षको नेतृत्व गरेका छन । 
    वैठकमा नेपाल र भारत व्यापार, पारवहन सन्धीको पुनरावलोकन गरी समय सापेक्ष बनाएर नविरकण गर्ने, दुई देशका सिमा क्षेत्रमा देखिएका समास्याहरू हटाइ डुवानलाइ कम गर्ने लगाएतका बिभिन्न गहन बिषायमा छलफल भइरहेको छ ।
    यस अगाडीका उच्चस्तरीय वैठकका निर्णय तथा सम्झौताहरुलाइ कार्यान्वयनमा ल्याउन यसपटकको संयुक्त वैठकले ठोस निर्णय लिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन । त्यसका साथै सिंचाइ सुविधा, उर्जाको विकास र विस्तारमा जलश्रोतको उपयोग, कनेक्टीभिटीबारे पनि छलफलमा हुनेछन । 
    तपाइलाइ समाचार कस्तो लाग्यो? हामीलाइ लाइक गर्न नभुल्नुहाेला ।