• प्रकाशकाे नाममा विदेशी बैंकका पैसा भएको पुष्टि गर्न गंगा दाहालले दिए चुनौति

    २०७६ साउन २८
     केही समय अगाडी सत्तारूद दल नेकपाका अध्यक्ष तथा भुपु प्रम पुषपकमल दाहाल प्रचन्ड एकाएक युएइ पुगेपछी नेपालमा निकै बहस चल्याे । केही बिश्लेशकले प्रचन्ड आफ्नाे स्व छाेरा प्रकाश दाहालको नाममा दुबईको एउटा बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न नेकपाका अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने कुराले मिडियामा स्थान पाएकाे थियाे


      प्रचण्डका स्वकिय सचिवसमेत रहेका प्रकास दाहालका कान्छी दिदी गंगा दाहालले साे आराेपकाे खणडन गर्दै दुष्प्रचार गरीएकाे भन्दै साे आराेप लगाउनेहरूलाइ यथाशिघ्र कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन । 

    गंगा दाहालले आपत्ति जनाउँदै प्रचण्ड सचिवालयले पनि उक्त प्रचारको खण्डन गर्दै विज्ञप्ती जारी गरेको छ । गंगाले सामाजिक संजालमामा स्टाटस अपडेट गर्दै लेखेकी छिन, ‘हाम्रो दिवंगत भाइको नाम लिएर दुस्प्रचार र बद्नाम गर्न खोज्ने मानसिक रोगीहरुलाई, प्रकाश या कुनै पनि परिवारको सदस्यको नाममा बिदेशमा एक पैसा पनि भएको पुष्टि गर्न चुनौती दिन्छौं र यस्ता खालका भ्रामक र दुष्प्रचार गर्नेहरुलाई यथाशिघ्र कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध पनि गर्दछौं। 
    गंगाले साे आराेप निराधार रहेकाे र परीवार वा भाइकाे नाममा युएइमा पैसा नरहकाे र कसैले छ भन्ने भ्रम फिजाउछ भने प्रमाणित गर्न चुनाैती दिएका छन । हेर्नुस उनकाे स्टाटस :