• चितवन अपडेट : रबि फेरी पनि हिरासतमै रहने

    २०७६ भदौ ८  प्रहरीले अनु*सन्धान सकिएकाे जानकारी दिदै आज रबि सहित दुइजना विरुद्ध आज चितवन अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । सुरूमा ५ दिनका लागी हिरासतमा रहेका रबि सहित अन्य दुइलाइ पाच दिन पछी फेरी पाच दिन थपेर प्रहरीलाइ अनुसन्धान गर्न समय  दिए पनी साे थप  सकिए पछी अाइतबार  अदालतमा उपस्थित गराइएकाे थियाे । अाजकाे बहस अन्तर्गत अस्मिता कार्कीकाे बयान सुरू भएकाे छ । समय अभावका कारण रबि तथा युराजकाे बयान  भाेली बिहान १० बजे बाट सुरू हुने अदालतले  बताएकाे छ । 

    उनीहरूलाइ लागेकाे अभियाेग अदालतमा प्रमाणित भएका ५ बर्ष जेल र ५० हजार सजाय हुनसक्छ अथवा साे घटनामा उनीहरूकाे संलग्नता रहेकाे थप प्रमाण नभए उनीहरू सामान्य धराैटी वा तारेखमा रिहा हुन सक्छन। अब अदालतले कस्ताे फैसला गर्छ त्याे भने कुर्नुपर्ने भएकाे छ । बयान नसकिएपछी रवि लामिछाने फेरी प्रहरी हिरासत मै बस्नुपर्ने भएकाे हाे  । रबि रिहाइ हाेलान भनेर हजाराै अनुयायीहरू चितवन अदालत परिसरमा भेला भएका थिए साथै रबिकाे समर्थन रिहाइकाे माग गर्दै देशभर प्रदर्शन भैरहेकाे छ ।