• खाना पकाउने ग्यासको मूल्य घट्यो

    २०७६ साउन २१ 
     नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएकाे छ । तर पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ ।
     निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मटितेलको मूल्य प्रतिलिटर ५० पैसा बढाएकाे हाे । अब नया मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ र डिजेल मटितेलको ९७ रुपैयाँ पुगेकाे छ । मूल्य घटेपछि ग्यासको लागि प्रति सिलिन्डर १ हजार ३७५ रुपैयाँ मात्र पर्ने छ । हवाई ईन्धनको खुद्रा विक्री मूल्य भने यथावत रहेकाे छ । नेपाल आयल गत अाथिर्क वर्ष ग्यासमा करिब ६ अर्व नोक्सानी व्यहोरेको बताएकाे थियाे ।