• नेपालमा आइपुग्यो ‘मास प्रिन्टर’ अब स्मार्ट लाइसेन्सकाे समस्या समाधान हुने दाबी

    काठमाण्डाै २०७६ साउन २२ बुधबार
     सवारी चालक अनुमती पत्र सहज रूपमा उपलब्ध गराउन नसकेकाे भन्दै भन्दै यातायात ब्यबस्था बिमागकाे अालाेचना भैरहेकाे बेलामा करिब १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले बल्ल ‘मास प्रिन्टर’ भित्र्याएको छ । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरिद गरेको हो । सरकारले गएकाे वर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरिद प्रक्रिया अघि बढाएको थियो । 


    १ बर्ष अगाडी नै नया सवारी चालक परिक्षा पास गरेका तथा नबिकरण का लागी निबेदन दिएकाहरूले हाल सम्म स्मार्ट सवारी चालक पत्र पाएका छैनन । कहिले मेसीन बिग्रिएकाे त कहिले के बहाना बन्दै लाइसेन्स बितरण चुस्त हुन सकेकाे थिएन । बुधबार दिउँसो मास प्रिन्टर नेपाल आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ । तर प्रिन्टरले लाइसेन्स छाप्न थालनी भने अहिलेनै सुरू गर्ने छैन ।

     याे प्रिन्टर प्रयोगमा आउन अझै डेढ महिनाजति लाग्ने विभागका प्रवक्ता तीर्थराज खनालले बताएका छन । प्रिन्टरको परीक्षणकाे काम सकिएपछि बल्ल नियमित प्रयाेगमा ल्याइने उहाँले बताउनुभयो । प्रवक्ता खनालका अनुसार विभागमा अहिले नौ वटा उपकरण रहेकाेमा ६-७ वटाले मात्रै नियमित काम लाइसेन्स छापीरहेकाे छ । प्रवक्ता खनालले याे अत्याधुनिक मास प्रिन्टरले काम सुरु गरेपछि अहिले रहेको लाइसेन्स काे समस्या हल हुने दावी गरेका छन ।