• नेपाली धावक निमेशले जिते चीनमा तेस्रो स्वर्ण

    ३ भदौ २०७६, मंगलवार 
    नेपाली धावक निमेश गुरुङले चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा तेस्रो स्वर्ण जितेका छन। सिंगापुर पुलिस फोर्समा कार्यरत संखुवासभामा जन्मिएका निमेश सिंगापुरका चर्चित धावकमा पर्छन। सिंगापुर पुलिस फोर्समा कार्यरत भएपनी निमेश नेपाली पासपोर्ट बोक्छन जसका कारण पदक तालिकामा उनको परिचय नेपाली भनेर उल्लेख गरिएको छ। 
    उनले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए। निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन । उनले भारत रचीन का खेलाडीलाई पछि पारेका थिए। त्यसअघि उनले हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण पनी जितेका थिए।