• गुरुङ चलचित्र सिमि नासा (पितृलोक) को पोखरामा VIP प्रदर्शन

    २०७६ साउन १८ पाेखरा ।
     तमु प्ये (शास्त्र) मा आधारित बहु प्रतिक्षित गुरुङ चलचित्र 'सिमि नासा' (पितृलाेक) काे भि आइ पी शाे पाेखरामा भब्य रूपमा प्रदशर्न भएकाे छ । तमु फिल्मस प्रा.लि. काे ब्यानरमा निर्मित साे चलिचत्र साउन १८ गते शनिबार पाेखराकाे भमरकाेट पार्टी प्यालेसमा प्रदशर्न भएकाे हाे । गुरुङ र नेपाली दुबै भाषामा छायाकन भएकाे चलिचत्र सिमि नासा अब देश तथा बिदेशमा धमाधम प्रदशर्नमा ल्याइने तमु फिल्मस प्रा ली. ले जानकारी दिएको छ ।
      

     तमु संस्कार संकृति भित्रकाे बिल्कुलै पृथक धारको कथाबस्तुमा फिल्म निर्माण भएको 'सिमि नासा' लाइ गंगा को तमुले परिकल्पना गरेका हुन । चलचित्रमा अर्घुम गरे के हुन्छ ? मान्छे मरेपछि कस्तो ठाऊँमा पुग्छ ? जस्ता गहन बिषय समावेश गरिएको लेखक ई. रोशन गुरुङ ले बताउनुभयाे । सबिता गुरुङ, भावना गुरुङ,मेनुका गुरुङ, भेगलाल गुरुङ,नन्द ब.गुरुङ, बुद्धि प्रसाद गुरुङ,इ.रोशन गुरुङ,करण गुरुङ(गोरा),गंगा को गुरुङको सयुक्त लगानीमा बनेको चलचित्रमा भेष गुरुङ, वसन्ती गुरुङ, प्रतिमा गुरुङ, खुशी गुरुङको मुख्य अभिनय रहेको छ ।
     चलचित्रलाई करण गुरुङ (गोरा)ले निदेर्शन गरेका हुन । म्याक्सन फाेर डी स्टुडियाे पाेखरा तथा तमु फिल्मस मा सम्पादन भएकाे चलिचत्रमा करण गुरुङ गाेरा र छवि राना मगरकाे सम्पान रहेकाे छ । जसलाइ गाेपी गुरुङ , गंगा काे तमु र पुस्कर थापा मगरकाे छायाकन रहेकाे छ । चलचित्र सिमा नासालाइ थप आकषर्क बनाउन झणडै २ महिना लगाएर भिज्युल इभेक्टस गरिएकाे थियाे । धन ब. गुरुङ काे पार्श्व संगीत दिएकाे चलिचत्र सिमि नासामा छवि राना मगरले भिज्युल इपफेक्टस गरेका छन ।