• म्याग्दीको भकिम्लीमा जीप दुर्घटना हुदा १ को मृत्यु १३ घाइते

    २०७६ साउन २२- म्याग्दी
     म्याग्दी जिल्लाकाे सदरमुकाम बेनीबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप बेनी नगरपालिका–३, भकिम्लीस्थित हल्लेगौंडामा दुर्घटना भएकाे छ । बुधबार भएकाे दुर्घटना परी १ जनाकाे ज्यान गएकाे छ भने १३ जना घाइते भएका छन।

     जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जीप दुर्घटना परेर भकिम्लीका ५५ वर्षीय रत्नबहादुर खत्रीको ज्यान गएको हाे । जीप चालक पनी घाइते भएको हुनाले दुर्घटनाको कारण भने हाल सम्म खुल्न सकेकाे छैन । 
    जीप दुर्घटना परी घाइते हुनेहरुमा मुसुङडोलेका जीप चालक ३४ वर्षीय यामबहादुर श्रीष, २३ वर्षीया शान्ता शाक्य, उनको साढे २ वर्षको बच्चा साइरा शाक्य, मंगला गाउँपालिकाको बराङ्जाकी ७० वर्षीया बुद्धिकला सुनार, भकिम्लीका ४० वर्षीया ज्ञानकुमारी श्रीष, ४० वर्षीया रुपा घर्ती, ७१ वर्षीय डम्बरबहादुर छन्त्याल र ५० वर्षीय आइतराम विक त्यसै गरी भकिम्लीकै २२ वर्षीय बिक्रम सुनार, २० वर्षीय इन्द्रबहादुर विक, ३८ वर्षीया भुमीदेवी खाती, २५ वर्षीय विशाल शाक्य, र बागलुङ गुठीका २१ वर्षीया मन्जु खत्री रहेका छन छन । गम्भीर घाइते भएका ७१ वर्षीय डम्बरबहादुर छन्त्याललाई पोखरा रिफर गरिएको छ । जीप सडकबाट तल खसेको प्र्रहरीले जनाएका छन ।