• दुखद खबर रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी ।


    ०७६ साउन ३२ काठमाडौं 
    नेपाली चलिचत्र लगतमा झन्डै ४ दशकदेखि कलाकाररकाे रूपमा सक्रिय रहुनुभएका वरिष्ठ चलचित्र अभिनेत्री सुभद्रा अधिकारीको अाज शनिबार ७२ वर्षको उमेरमा देहान्त भएको छ । बिगत केही समय देखी निमोनियाबाट पीडित रहेकाे अधिकारीको काठमान्डाैकाे डल्लुस्थित स्व निवासमा निधन भएको हो । 

    निमानियाले पिडित रहनुभएका अधिकारीलाई पारिवारिक स्रोतका अनुसार अस्पतालबाट केही दिन अघि मात्र डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उहाका एक छोरा र छोरी दुइ सन्तान रहेका छन । उहाकाे फिल्मी यात्रा नेपाली चलिचत्र ‘मनको बाँध’ बाट सुरू भएकाे थियाे ।
    बिशेष गरी चरीत्र अभिनेत्रीकाे रूपमा नेपाली रंगजगतलाइ बिशेष याेगदान दिनुभएका अधिकारीले कन्यादान,चिनो,  भाउजु लगायत अन्य सयाै भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन । स्व . सुभद्रा अधिकारीले चलिचत्र बाहेक टेलिफिल्म र भिडियो फिल्म, नाटक , गीति नाटक, पनि काम गरीसकेका छन ।