• हेटौंडामा डेङ्गुको महामारी !

    २०७६ श्राउन २४ 
    मकवानपुर जिल्लाकाे हेटौडा उप-महानगर पालिकामा डेङ्गुले महामारीको रुप लिएकाे छ । साउन १ गतेदेखि २२ गतेसम्ममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका कारण हेटौँडा उपमहानगरपालिकामा ६२ जना बिरामी परेका छन ।   डेङ्गुले महामारीको रुप थालेपछि नियन्त्रणका लागि महानगरपालिकाले कार्यपालिकाको बैठकमार्फत सबै वडामा  समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने स्थान नष्ट गर्ने काम सुरू गरेकाे छ ।

     डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकारसँग सहकार्यमा पनी भइरहेको छ । विशेष गरी हेटौँडाको वडा नम्बर ४ क्षेत्रमा डेङ्गु को सङ्क्रमण बढी भएकाे कारणले साे  क्षेत्रमा जन- चेतना जगाउँदै  हरेक टोलटोलमा जमेका पानी, खाल्डाखुल्डी हटाउने काम भइरहेको   हेटौडा उप-महानगर पालिकाले जनाएकाे छ ।   डेङ्गु बिशेष प्रजातीकाे लामखुटेकाे टाेकाइबाट हुने गर्दछ ।