• ओलीले दुइमा एक पद छाड्नुपर्छ : नेपाल


    २०७६ भदाै ३ काठमान्डाैं मंगलबार
     सत्तारूद दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा भुपु प्रम माधवकुमार नेपालले पार्टी हाल सरकार र पार्टी नेतृत्व दाेहाेराे जिम्मेवारी समालीरहनुभएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुइ मध्य एक पद छाडेर अध्यक्ष वा प्रधानमन्त्री एक काे जिम्मेवारी समाल्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन ।
     पार्टीका पछिल्ला निर्णयहरु प्रति सचिवालय बैठकका असहमती जनाएका नेपालले 7 बुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गराएका छन नेता नेपालकाे प्रस्तावमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वय देखि सबै ब्यक्तिमा लागु गरियोस् भन्ने रहेकाे बताइएकाे छ । केही दिन अगाडी पार्टीमा तेस्राे बरियता गुमेपछी नेपाल केही रूषट भएका छन ।