• रबी जी कानुन भन्दा माथीका हाेइनन : परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली

    २०७६ साउन ३२ काठमाडौं 
    सत्तारूद दल नेकपाका नेता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सिधा कुरा जनतासंग कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित अन्य दुइ जना पक्राउ परेपछी देशकाे कानुन भन्दा ठुलो काेही नभएकाे बताएका छन । प्रदेश ५ काे गुल्मीमा हायाेजित एक पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले मृत मानिसले आत्महत्या गर्न बाध्य पारेको भन्दै नाम लिए पछी प्रहरीले सत्य तथ्य कुरा बाहिर ल्याउन गरेकाे अनुसन्धान स्वभाबिक नै रहेकाे बताएका हुन ।

     दिबांगत पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरूत्सान अभियाेगमा रबि सहित अन्य दुइ जना अनुसन्धानका लागि प्रहरी हिरासता राखिएकाे हाे । हाल रबि लामिछाने चितवन प्रहरी कार्यालयकाे हिरासतमा रहेका छन । मन्त्री ज्ञवालीले, मृत्यु पुर्ब पुडासैनीले रेकर्ड गरेको साे भिडियो आफूले पनि हेरेको बताउदै प्रहरीले साे भिडियोकै अाधारमा अनुसन्धान गरीरहेकाे बताए । साथै उनले कानुनभन्दा माथि रवि लामिछाने पनि नभएकाे र सोधपुछका लागि प्रहरीले पक्राउ गरेको बताए । मन्त्री ज्ञवालीले भिडियो काटछाट गरी संजालमा फैलाइएकाे भन्ने सन्दर्भमा पनी अनुसान्धान हुने बताए ।