• " दुधको मुन्टा छुँदा " तीज गीतकाे चर्काे आलेाचना पछी नाम फेरियाे

    २०७६ साउन २३ काठमाडौं। 
    हिन्दु नारीहरूकाे महान चाड तीज नजिकै अाइरहेकाे छ । तीज आउन बिभिन्न तिज गीतका काेसेलीहरू धमाधम बजारमा अाएका छन केही अाउने क्रममै छन । जस मध्य एउटा गीत बिबादमा बल्झिएकाे छ एउटा तीज गीतको कभर फोटोमा प्रयोग भएको शब्द “दुधको मुन्टो छुदा” चाहि केहि बिबादमा पनि परेको हाे । 
    राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठाले गीत सँगितको बिकृतीलाई न्युनीकरण गर्ने प्रयास गरेको कारण यो गीत बिबादको चपेटामा परेको हो । सिमा ढकाल र प्रकाश सापकोटा को अभिनय रहेकाे यो गीतको भिडियाे केशवराज भट्टको निर्देशन बनेके थियाे । एक हप्ता अघि मात्रै रिलिज गरिएको एउटा तीज गीतको शीर्षक ‘दुधको मुन्टा छुँदा’ राखिएको थियो। तर हप्ता दिन नपुग्दै गीतको चौतर्फी विरोध भएपछि अहिले शीर्षक परिवर्तन गरेर ‘सिरैमा गम्छा’ राखिएको हाे ।  तैपनी केही समथर्कले भने बिबादित बन्नु पर्ने खासै त्यस्ताे शब्द गीतमा नहरेकाे पनी दावी गरेका छन ।
    advertise
    तीज नेपालीहरूको मौलिक संस्कृति हो। हिजोआज तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका र गम्भीर लय तथा भाव भएका गीतहरू निकै कम मात्र बजारमा अाउने गरेका छन । तीज गीतमा विकृति बढ्दै गएका छन्। महिलाको दुःख पीडा र वेदना समेटिएका तीजगीतहरु शायदै सुनिन थालेका छन्। अाजभाेली तीज महिलाको मात्र नभएर पुरुष साथीहरू पनी महिला सँगसँगै कम्मर मर्काएर नाचको समावेशी भैरहेकाे अाभाष दिइरहेका हुन्छन । 

    सस्तो लोकप्रियताको लागि युटुबमा भ्युज पाउने उदेश्य लिइ पछिल्लो समय तीजका गीतमा शब्द चयनमा अश्लीलता र दुइअर्थी शब्द छनोट गर्न थालिएको यसले हाम्रो संस्कृति कतातिर जान्छ त्यो सबैले सोच्न जरुरी छ लोक दोहोरी गायक नारायण रायमाझीले बताउनुभयाे 
    Watch Video :

     Ahileko teejma teej song