• पाकिस्तानकाे फेरी अर्काे एक्सन : भारतीय चलचित्रहरू प्रतिबन्ध !

    २०७६ साउन २४ एजेन्सीहरू
     केही देन अगाडी भारत सरकारले जम्मू–कश्मीरलाई भारतकाे विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेजी गरेपछि पाकिस्तान-भारत सम्बन्धमा तनाबकाे माहाेल छ । पछिल्लाे समय पाकिस्तान-भारत काे तनाव देखेर बिश्व समुदाय चिन्तित बनेका छन । जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै भारत सरकारले लद्दाखलाई पनि केन्द्र शासित हुने गरी प्रदेश विभाजन गरेपछि पाकिस्तान-भारत व्यापारिक र राजनीतिक सम्बन्ध झनै बिग्रएकाे हाे ।

     पाकिस्तानले बिराेध स्वरूप बिहीबार सम्ममा भारत - पाकिस्तान रेल 'सम्झौता एक्सप्रेस' बन्द गर्ने , भारतसंगकाे ब्यापारिक सम्बन्ध ताेद्ने र आफ्रनाे आकास माथी भारतीय बिमानहरू प्रतिबन्ध लगाउने जस्ता घोषणा गरेको थियो । बिश्व समुदायमाझ निकै शालिन प्रमकाे छवी बनाएका नव नियुक्त पाकिस्तानी प्रम इमरान खान अहिले भने भारत बिरूद्द कडा रूपमा प्रस्तुत भएका छन । यस अगाडी यी ३ प्रतिबन्धकाे घोषणा गरेकाे पाकिस्तानले अहिले फेरि आफ्नो चलचित्र घरहरुमा भारतिय चलचित्र नचलाउने घोषणा गरेका छन । 

    भारतीय चलचित्रमा पाकिस्तानले प्रतिबन्ध लगाएको याे पहिलो पटक भने होइन बेला बेलामा भारत पाकिस्तान तनाबकाे अबस्थामा पाकिस्तानले यस्तै एक्सन लिने गर्दछ। पाकिस्तनी प्रम इमरानखानले भारत बिरूद्दकाे एक्सन लिनलाइ बिपक्षीहरूकाे सुझाब/ राय समेट लिएकाे बताइएकाे छ ।

     बिबिसिका अनुसार इमरानले इस्लामिक मुलुक तथा आफ्रनाे मित्र छिमकी मुलुकहरूसंग पनी साे बिषयमा निरन्तर संबाद गरीरहेका छन । यदी भारत पाकिस्तान सम्बन्ध बिग्रदै उग्र रूप लिइ भिडन्तकाे रूप लिएमा भारत र पाकिस्तान दुबै आणविक रूपमा बलियाे देश भएपनी साे हतियार तत्कालै प्रयाेग हुने अबस्था भने देखिदैन ।