• अहिलेकाे नेकपा सरकार कम्युनिष्ट नै होइन, प्रदेश तह खारेज गर्दा हुन्छ : चित्रबहादुर केसी

    २०७६ साउन २५ 
    राष्ट्रिय जमोर्चा पार्टी का अध्यक्ष चित्रबहादुर के.सी. समय समयमा गहकिला तर्क हरू दिने नेताका रूपमा चिनिन्छन । हालै मात्र बुटवलमा भएकाे अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन कार्यक्रममा नेता केसीले केसीले अाेली नेतृत्वकाे नेपाल कम्यनिषट पार्टी को सरकारलाइ कम्युनिष्ट नै नभएको अभिब्यक्ति दिएका छन।

     अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा जनतामा भ्रम सिर्जना गरेको आरोप लगाएका छन । केसीले सरकारकाे नेतृत्व तहमा बसेका नेताहरुको नीति, आनीवानी,सिद्वान्त, आचारण, कम्युनिष्ट आदर्श र सिद्धान्त सँग सुहाउदाे नभएकाे बताएमा हुन । 

    नेकपाले सत्तामा पुग्नका लागि चुनाव जित्न मात्रै आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको केसीले बताएका छन । अध्यक्ष केसीले स्वास्थ्य र शिक्षामा आफैंले लगानी गर्ने, करोडपतिहरुलाई टिकट बाँड्ने पार्टी कम्युनिष्ट हुनै नसक्ने बताउदै , सरकार विदेशीको इशारामा चलेकोले राष्ट्रियता, अखण्डता र सार्वभौमिकतामा खतरा उत्पन्न भएकाे भन्दै राष्ट्रियता, अखण्डता र सार्वभौमिकता बचाउन विदेशी शक्तिहरुसँग बिशेषा चनाखाे रहनुपर्ने बताए ।
     केसीले अहिले रहेकाे तीन तहको संघीयता नेपालले थेग्नै नसक्ने दाबी गर्दै स्थानीय र केन्द्रलाई नै महत्व दिएर २ तह बनाएर प्रदेशको संरचना खारेज गर्नुपर्ने कुरालाइ पनी जाेड दिएका छन ।