• पर्बतकाे जलजला- ९ बनौं गाउँको चिनारी म्युजिक भिडियो सार्बजनिक

    २०७६ सावन २६ पोखरा ।
    आफ्नो गाउ ठाउ चिनाउन म्युजिक भिडियो बनाइन्छ भन्ने सुन्दा धेरै जनालाई सुन्दा अचम्म लाग्ला तर पश्चिमान्चल क्षेत्र अर्थात हालको गण्डकी प्रदेश अन्र्तग पर्ने म्याग्दी बाग्लुङ पर्बत कास्की तनहु स्याङजा गोरखा लमजुङ, नवलपुर जस्ता जिल्लाका बिभिन्न ठाउहका आफ्ना गाउ चिनारी गीत बनाउने होड बाजी दशकौ देखी चली आएको छ । 

     आफ्ना गाउ ठाउमा रहेका संस्कार संस्कृती र पर्यटनका महत्वपुर्ण गन्तब्य प्रस्तुत गर्ने र देश बिदेशमा चिनाउने महत्वपुर्ण माध्यम बनेको छ गाउ चिनारी गीत । यसै सन्दर्भमा हाल पर्बत जिल्लाको जलजला गाउपालिका वार्ड नं ९ मा पर्ने बनौं गाउको चिनारी म्युजिक भिडियो सार्बजनिक भएको छ । 
    गत शुक्रबार बिशेष कार्यक्मका बिच  बनौं मा बिमोचन गरिएको सो भिडियो कमल क्रियसनको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरीएको हो।  हाम्रो बनौ गाउका टाइटल रहेको सो गीतमा केन्जुमा सुब्बाको सुमधुर स्वर रहेको छ । कमल फगामीको संगीत रहेको सो गीतको रचना कमल फगामी , मिलन पुर्जा र मान ब. नेपालीले गरेका हुन । जसमा जुगल डंगोल ले संगीत संयोजन रहेको छ । 
     पुजा पुर्जा तथा पुजा पुनको प्रमुख अभिनय रहेको सो भिडियोमा कमल पनुले  छायाकन तथा ड्रोन अपरेट गरेका छन । खुम मगरले कोरियोग्राफी गरेको बनौं गाउको भिडियोमा छवि राना मगरको सम्पादन रहेको छ । सो गीतको भिडयिो पोष्ट प्रोडक्सन म्याक्सन फोर डी स्टुडियो पोखरामा भएको हो ।  भिडियाे हेर्नुस  :

    को-को हुन् त २०७५ मा डेब्यु गरेकी नेपाली नायिका, जसले मच्चाइन् ठुलो तहल्का ? (फोटो फिचर)