• समाजवादी पार्टी हात्ती हो : कम्युनिस्ट र कांग्रेस सडेका पार्टी : डा. भट्टराई

    २०७६ साउन ३१
     गणडकी प्रदेश कास्कीकाे पाेखरामा आयाेजित एक सभामा समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्र धानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो समाजवादी पार्टी हात्ती छाप चप्पल नभइ गजराज (हात्ती) भएकाे बताएका छन ।  डा.  बाबुरामले देशमा अब समृद्धि समाजवादी पार्टीले बाहेक कसैले ल्याउन नसक्ने दाबी गरेका छन । 

     २०७६ साउन ३१ , शुक्रबार पोखरामा  समाजवादी पार्टी गण्डकी प्रदेशबाट आयाेजित  सपथ ग्रहण तथा पार्टी समायोजन कार्यक्रममा बाेल्दै डा. भट्टराइले समाजवादी पार्टी अन्य पार्टी जस्ताे रूढीबाढी र रम्परागत भएकाे बताएका हुन। साथै उनले समाजबादी पार्टी हात्ती जस्तै बलियो देखाउन बनाइएको हात्ती छाप चप्पल नभइ  समाजवादी पार्टी निराेगी बलियो हात्ती नै रहेकाे ठाेकुवा गरेका छन  ।

    उनले कम्युनिस्ट र कांग्रेस र पार्टी पुराना भएर सडेकाेले अब यि २ पार्टी काम नलाग्ने र उनीहरूले देशलाइ कहिल्यै निकास नदिने बताए । केही महिना अगाडी पाेखराकाे एक कार्यक्रममा सम्बाेधन गर्ने क्रममा पनी डा. भट्टराइले कांग्रेसलाइ अब संग्राहलयमा लगेर राख्नुपर्ने बताएका थिए त्यसपछी रिसाएका कांग्रेसका केही नेताहरूले गाेरखाबाट आफुले जिताएकाे भन्दै आउने चुनाबमा क्षमा पुजा समेत गर्ने  र डा. भट्टराइलाइ तह लाउने  अभिब्यक्ति दिएका थिए ।
     साेही प्रशंग काेत्याउदै उनले बीपीको पुस्ता सकिएपछि कांग्रेसको समय पनी सकिएको पुन दाेहर्रयाए  । डा. भट्टराइले अहिलेकाे सरकारले गर्दा नेपाल विश्वमा लज्जित हुनु परेको बताए । साथै  ओली नेतृत्वकाे सरकारले नेपालमा सुबिधा युक्त अस्पताल बनाउन नसकेकाे तर आफू चाही उपचारकाे लागी विदेश गएकाे भन्दै डा. भट्टराइले प्रम ओली विदेशमा उपचार यात्रा प्रति पनी आपत्ति जनाएका थिए  ।