• पाेखराकाे न्युराेडमा भिषण आगलागी हुदा करोडौँको नाेक्सान (भिडियाे सहित)

    २०७६ साउन २८ पोखरा 
    कास्की जिल्लाकाे सुन्दर नगरी पोखराको न्यूरोडस्थित ‘एस मिनी मार्केट’ मा मंगलवार अपराह्न ४ बजेतिर भिषणा आगलागी भएको छ । आगलागी न्यूरोडको नवदूर्गा फर्निचर उद्योगमा भएको हाे ।

     पोखराको न्यूरोडस्थित भाटभटेनी सुपरमार्केट नजिकै रहेको साे फर्निचर पसलबाट सुरू भएकाे आगलागी समयमै नियन्त्रणा लिन नसकिदा साे मिनी मार्केटमा रहेका सात व्यवसायीको २३ पसलमा आगलागी फैलन गइ करोडौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

    आगलागी सुरू भएकाे करिब दुई घण्टापछि मात्र पोखरा महा नगर पालिकाका तीन वटा दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीहरूले आगो निभाएका थियो। रासस 
    हेर्नुस आगलागी भएकाे भिडियाे :