• रिहा लगतै रविले दिए यस्तो संदेश । के के कुरामा लगाइयाे लगाम ! (भिडियो हेर्नुहोस)

    २०७६ भदौ ९ चितवन 
    संचारकर्मि रबि लामिछाने सहित युवराज कडेल  धराैटीमा रिहा भएका छन । कडेललाइ ३ लाख र  लामिछानेलाइ भने ५ लाख धराैटीमा छाेड्न चितवन अदालतले अादेश दिएकाे हाे । अस्मिता कार्कीलाइ भने सामान्य तारेखमा रिहाइ गर्न आदेश आएकाे हाे । ३० गते पक्राउ परेका रबि सहित ३ जना भदाै ९ मा रिहाइ भएपनी रबि र युवराज माथी भने अदालतले केही कुराहरूमा अझै  बन्देज लगाएकाे छ ।

      जसलाइ रबिले तल भिडियाेमा समेत जनकारी गराएका छन । साथै उनले सम्मानित अदालतकाे अादेश पुर्ण रूपमा पालन गर्ने बताएका छन । जस अनुसार उनी जुन काण्डमा मुछिएका थिए साे बिषयमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म सामाजिक संजाल तथा सार्वजनिक रुपमा नबोल्न अदालतले आदेश दिएकाे हाे । जस अनुसार उनले साे मृत्य प्रकरण अनुसन्धानमा खटिएका प्रहरी प्रसासन , वकिल तथा अन्य पक्षहरूसंग टेलीभिजन , फेसबुक वा कुनै पनी सामाजिक संजालमा प्रतिक्रिया दिन र राय लिन समेत नपाउने भएका हुन साथै बिदेश जान परे अदालतकाे अनुमती लिनुपर्नेभएकाे छ  । 

    यध्यपी रबीले साे घटना बाहेक अन्य कार्यक्रमकाे लागी बन्देज नगरीएकाे हुदा उनी तत्काल सिधा कुरा जनतासंग कार्यक्रममा  एपिशाेडमै उपस्थित हुने बताएका छन  । साथै यस बिचमा समर्थन गर्ने सबै नेपालीलाइ धन्यबाद दिदै चितवनमा रहेका समर्थकहरूलाइ सम्पुर्णलाइ भेटेर काठमाणडाै जाने  बाचा गरेका  छन । सालिकराम प्रकरणकाे अन्तिम फैसला भने हुन बाकी छ अब रबिले बाहिर रहेर पनी आफु निर्दाेष रहेकाे प्रमाणित गर्न आवश्यक कदम चाल्न पाउनेछन तर सार्बजनिक रूपमा साेसियल मिडिया वा टिभीमा साे बिषयमा बाेल्न वा प्रतिकृया लेनदेन गर्न पाउने छैनन । रबि रिहाइ भएपछी उनका अनुयायीहरू खुशी हुदाै देशभर खुशीयाली जुलुस निकालेका छन ।

     यसै गरी काठमाणडाैमा अबिर यात्रा समेत गरीएकाे थियाे । मुलुकी एैन अनुसार उनीहरूमाथी लगाइएकाे कसुर प्रमाणित भएमा ५ वर्ष सम्म जेल सजाय, ५० हजार जरिवाना अथवा दुवै सजाय हुने प्रावधन छ । उता मर्ने मरेर गएपनी कसैले अाराेप लगाएकाे भरमा दाेस्राे ब्यक्तिले अनहाकमै सास्ती खेप्नुपर्ने भन्दै साे एैन नै संसाेधन हुनुपर्ने भन्दै धेरैले माग समेत गरेका छन । हेर्नुस भिडियाे :