• ४५ यात्रु सवार बस त्रिशूलीमा खस्याे, मृतक ३ जनाकाे सनाखत, १६ जनाको उद्धार, अन्य बेपत्ता

    २०७६ साउन २४ धादिङ ।
     काठमान्डाै जाने प्रमुख राजमार्ग अन्तगर्त धादिङ जिल्लाकाे को बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाट मा त्रिशूली नदीमा सर्लाही मलंगवाबाट काठमाडौं जादै गरेकाे ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएको छ । बस दुर्घटना हुदा बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ । 

    ३ जना बस स्टाफ रहेकाे साे बसमा मलङ्गवाबाट ४० र सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई जना यात्रु चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटना परी ३ जनाको मृत्यु भएकाे छ दुर्घटनामा ज्यान गुमाउने मा जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार सर्लाहीकाे ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, शोभा रौनियार र भतिजा सौरव रौनियार रहेका छन ।
     घटना स्थलबाट १६ जनाको जिवित नै उद्धार गरिएको छ भने बाँकी यात्रु भने हराइरहेका छन् । हराइरहेका यात्रुहरूकाे खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएकाे छ ।