• चुनावमा चन्दा दिनुभयाे अहिले सिमेन्टको मूल्य बढ्दा बोल्न सकिएन : मन्त्री यादव

    २०७६ साउन २४ शुक्रबार
     नेपाल सिमेन्ट उद्योग संघले गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चुनावकाे बाेलामा उद्योगीले ब्याबसायीहरूले दिएका चन्दा लिएका कारण सिमेन्ट र छड लगायत अन्य निर्माण सामाग्रीहरू काे मुल्य ब्यावसायीहरूले मनाेमानी तरिकाले बढाउदा समेत बाेल्ने बाटाे नरहेकाे स्वीकार गरेका छन । 

    मन्त्री यादबले भने " निर्वाचनकाे माहाेल थियो चन्दा लियौं तर अहिले आएर तपाइहरूले एक्कासी मूल्य बढाइदिनुभयो  हामी बोल्नै सकेनौं " उद्योगको विकल्प अरू केही हुन नसक्ने भन्दै सहयोगका लागि मन्त्रालय तयार रहेको मन्त्री यादवले बताए । उनले थपे ’ व्यवसायीले चन्दा दिए भनेको त पछि थाहा पाइयाे जनताबाटै डाँढेर दिने रहेछन । 

    आइन्दा चन्दा दिदा सामाजिक उत्तरदायित्वको कोषबाट दिनुस । उनले ब्याबसिय तर्फ इंगीत गर्दै भने कानुन सबैका लागि बराबर तपाइरू पनि इमान्दार हुनुपर्छ । सिस्टम बसाल्न खोज्दा झन्जट गाह्राे अप्ठेराे नमान्न अनि जनतालाइ समस्यामा नपार्न आपूर्तिमन्त्री मात्रिका यादवले ब्याबसायीहरू संग अनुराेध गरेका थिए । 

    साे कार्यक्रममा ब्याबसायीहरूले सिमेन्ट उद्योगका लागि थप विदेशी लगानी आवश्यक नरहेकाेले विदेशी लगानी नेपालमा नल्याउन आपूर्तिमन्त्री मात्रिका यादवसंग माग आवह्रवान गरेका थिए । हाल नेपालमै सिमेन्ट उत्पादन अत्याधिक बढेकाे तर उत्पादन अनुसार खपत हुने आन्तरिक बजार बृढि नभएकाे नरहेको ब्यावसायीहरूले बताएका छन । जकाे अनलाइन खबर मा खबर छ ।