• रवि लामिछाने पनी पक्राउ

    २०७६ साउन ३० काठमाडौं । 
    शालिकराम पुडासैनी मृत्युप्रकरण मा नाम मुछीएपछी नेपाल प्रहरीले News 24  टेलिभिजनका पत्रकार तथा सिधा कुरा जनतासंग कार्यक्रम संचालक तथा समाजसेवी रवि लामिछाने र युवराज कँडेललाई केही बेर अगाडी पक्राउ गरेको छ । आजकाे सिधा कुरा एपिशाेडकाे तयारी जुटीरहेकमा रवि लामिछाने र युवराज कँडेल लाई प्रहरीले न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको छ । पुडासैनीकाे मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको जनाएकाे छ । 

    काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवन को सयुक्त टाेलीले लामिछाने र कँडेल लाइ बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएकाे छ । रबि लामिछाने अस्मिता र युवराज पुडासैनी मृत्यु प्रकरणामा आत्महत्यामा दुरुत्साहन गरेको आराेपमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको बताएकाे छ । 

    गत साउन २०मा चितवनमा झुणडीएर आत्महत्या गरेका तात्कािलन सहकर्मी शालिकराम पुडासैनीले मृत्युपुर्ब लामिछाने सहित कंडेल र एक युवती अस्मिताकाे नाम लिएकाे भिडियाे संजालमा फैलिएकाे थियाे भएकाे थियाे । ढिलाे गरी संजालमा साे भिडियाे आएपनी प्रहरीले भने साे भिडियाे पहिले नै पाएकाे र अनुसन्धान भैरहेकाे जनाएकाे थियाे । दिउसाे मात्र अस्मीता कार्कीलाइ प्रहरीले पक्राउ गरीसकेकाे थियाे ।