• कहिलेकाही पार्टी एकता नगरेको भए बेस हुन्थ्याे जस्ताे महसुस हुन्छ : प्रचण्ड

    २०७६ साउन ३२, काठमाडौं 
    शनिबार काठमाडौमा राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले राजधानीमा अायाेना गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रचन्डले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन समेत थालेको बताएका छन ।

      नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष तथा भुपु प्रम पुष्प कमल दाहाल (प्रचण्ड) ले पार्टी एकताका लागि कतिपय कुराहरूमा  चित्त नबुझेपनी निर्णय लिनुपर्ने बाध्यता भएकाे बताएका हुन ।   

    प्रचण्डले निरन्तर लामो छलफल गरेर मात्र देशलाइ निकास दिन पार्टी एकतालाई बलियो बनाउनका लागि महत्वपूर्ण कुराहरुमा निर्णय लिइएको दाेहाेयार्उदै   स्वास्थ्य क्षेत्र विश्वमै धनाध्यहरूले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउन ठुलाे चुनाैटी रहे पनी चिकित्सककाे पेशा सुरक्षित, मर्यायादित बनाउन सरकारले सक्दाे सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई मानवतासँग जोडेर काम गरे देशलाइ समाजवाद तर्फ डाेर्रयाउन सकिने प्रचन्डले बताएका छन ।

     नेकपा अध्यक्ष समेत रहेका प्रचन्डले यस्तो अवसर सधैँ नआउने भन्दै कम्युनिष्ट पार्टीका लागि अहिले चुनौती र अवसर रहेकाे र यदी याे सरकारले जनाताकाे लागी केही गर्न नसकेमा इतिहासले सराप्ने र कम्युनिष्ट कमजाेर हुनसक्ने बताए।  प्रचण्डले सरकारका काम कारबाहीलाई जनमानसमा देखिने गरी प्रभावकारी र व्यवस्थित बनाउनु पर्ने बताएका  छन   ।