• रवी बिनाको सीधाकुरा जनतासंग एपिसोड – ४१७ राजा बिनाकाे राजगद्दी जस्ताे ! सबै निरास

    २०७६ साउन ३० काठमाडौं । 
     पत्रकार शालिकराम पुडासैनी मृत्युप्रकरण मा नाम मुछीएपछी नेपाल प्रहरीले News 24  टेलिभिजनका पत्रकार तथा सिधा कुरा जनतासंग कार्यक्रम संचालक तथा समाजसेवी रवि लामिछाने र युवराज कँडेललाई बिहिबार साझ न्युज २४ को कार्यालयबाटै  पक्राउ गरेपछी   आजकाे सिधा कुरा एपिशाेड खल्लाे भएकाे छ । न्युज २४ टिभीले आजकाे एपिशाेड - 417 प्रस्ताेता रबि बिना उनका पछिल्लाे फेसबुक अपडेट क्याप्सनमा राख्दै केही बेर लाइभ गरेकाे थियाे । सिधा कुरा जनतासंग कार्यक्रमका शुभचिन्तकहरूले राजा बिनाकाे राजगद्दी जस्ताे देखियाे आजकाे भाग भन्दै रबि पक्राउ परेपछी निराशा ब्यक्त गरीरहेका छन 
     पुडासैनीकाे मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने , अस्मिता कार्की र कँडेललाई बिहिबार  पक्राउ गरेको हाे  । 

     रबि लामिछाने अस्मिता र युवराजलाइ  पुडासैनी मृत्यु प्रकरणमा आत्महत्यामा दुरुत्साहन गरेको आराेपमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको बताएकाे छ । रबि पक्राउ परेपछी कुनै अप्रिय कदम कसैले नउठाउन भनेर राजधानीकाे सुरक्षा ब्यबस्था चुस्त पारीएकाे प्रहरीले जनाएकाे छ । साथै रबिलाइ लगाइएकाे आराेप प्रमाणित भैसेकाे नभइ अनुसन्धानकाे लागी उनलाइ पक्राउ गरीएकाेले उनका समर्थकहरूलाइ संयमित भइ अनुसन्धानमा सहयाेग गर्न प्रहरीले अपिल समेत गरेकाे छ । 
     गत साउन २०मा चितवनमा झुणडीएर आत्महत्या गरेका तात्कािलन सहकर्मी शालिकराम पुडासैनीले मृत्युपुर्ब लामिछाने सहित कंडेल र एक युवती अस्मिताकाे नाम लिएकाे भिडियाे संजालमा फैलिएकाे थियाे भएकाे थियाे । ढिलाे गरी संजालमा साे भिडियाे आएपनी प्रहरीले भने साे भिडियाे पहिले नै पाएकाे र अनुसन्धान भैरहेकाे जनाएकाे थियाे । भिडियाे हेर्नुस :