• चितवन अपडेट : रविलाई 3 नम्वर इजलासमा लगियो


    चितवन  २०७६ भदौ ३
     दिवांगत पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई अाज पनी चितवन जिल्ला अदालतमा उपस्थित गराइएको हाे । उनीहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग मा अनुसन्धान भैरहेकाे छ ।
     भिडियोको डिजिटल ल्याब रिर्पोट, पोस्टमार्टम रिपोर्ट, पुडासैनीले डोरी किनेको सिसिटिभि फुटेज लगायत अन्य रिर्पोटहरु सहित अनुसन्धानकाे लागी म्याद थपका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएकाे छ ।प्रहरीले रबि सहित युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की लाइ पाँच दिनको अनुसन्धान र वयान पछि छैठाैं दिनमा अदालतमा उपस्थित गराइएको हाे ।
    चितवन अदालत परिसरमा रबिका समर्थकहरु जम्मा भएका छन। हाल मालपोत चोक बाट चौबीसकोठीसम्मका क्षेत्र निषेधित गरिएको चितवन प्रशाशनले जनाएकाे छ । सरकारी वकिल कार्यालयले पक्राउ परेका तिन जनासंग हिजाे सोमबार पनी वयान लिएको थियो । अहिले जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा ३ नम्वर इजलासमा बहस हुँदैछ केहीबेर अगाडी  रबि लामिछाने सहित तीन लाई साे र इजलासमा उपस्थित गराइएको थियाे ।