• अरनिको राजमार्ग भासिँदा यातायातमा समस्या

    २०७६ साउन २७ काठमाडौं 
    अरनिको राजमार्ग अन्तर्गत काभ्रेको जिरोकिलो,दोलालघाट सडक खण्ड अविरल बर्षाका कारण बिभिन्न ठाउँमा भासिन गएकाे छ ।

     प्रमुख राजमार्ग नै भासिएपछि अहिले कुनै ठाउमा एकतर्फी रुपमा हलुका सवारी साधन मात्रै सञ्चालनमा ल्याइएकाे छ । सडकभासिएका स्थानहरूमा मा बढी भार भएका ट्रिपर लगायतका सवारीलाई निषेध गरिएको छ । 

    केही दिन देखी लगातार बर्षा भएपछि राजमार्ग छेउका नदीहरूमा पनीकाे बहाव बढेपछी पानीकाे तेज बहावले पाँचखाल नगरपालिकाको दोलालघाट देखि भुम्लु गाउँपालिकाको दोलालघाट सम्मको सडकलाई कटान गर्दा राजमार्ग भासिएकाे हाे 

    । नदीमा आएको बाढीले खाेला छेउछाउका टहराहरु समेत बगाएको छ भने नदी आसपासमा लगाइएको अन्न बालीहरूमा समेत क्षति पुगेकाेछ । यसैगरी ठाउँ ठाउँमा पहिरो गए पछि जिरोकिलो-मेलम्ची सडक खण्डमा पनि सडक अवरुद्ध भएको छ ।
    नेपाली नव नायिका, जसले मच्चाए ठुलो तहल्का ? (फोटो फिचर)