• गुरूङ फिल्म एशाेसियसन नेपाल (जिफान) को छैटौं महाधिवेशन सम्पन्न

    २०७६  भदाै १५ कास्की, 
    मिलन क्रोम्छें तमु   
    गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) को छैटौं राष्ट्रिय महाधिवेशन २०७६ भाद्र १४ गते शनिबार तमु प्ये ल्हु संघको केन्द्रीय सभाहल पोखरामा सम्पन्न भएको छ । भोजबहादुर गुरुङको अध्यक्षतामा विभागीय प्रमुख सहित २३ सदस्यीयमा १७ सदस्यीय कार्यसमिति गठन भएको छ । मुनाल फिल्म प्रा.लि.का सञ्चालक,  निर्देशक, जिफानका निवर्तमान प्रथम उपाध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको हो । 

    कास्की, काठमाडौ, लमजुङ, तनहुँ, स्याङ्जा, रुपन्देही लगायतमा जिल्ला शाखा र हङकङ जापान लगायतमा प्रवास शाखा रहेको जिफानको केन्द्रीय प्रथम उपाध्यक्षमा गुन्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रेशम गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा आदिम कला मञ्च पोखराका निर्देशक तोल बहादुर गुरुङ (लब्सन), आर्थिक विभाग प्रमुखमा पाइला फिल्मस प्रा.लि.का सह-निर्देशक अर्जुन गुरुङ, महिला विभाग प्रमुखमा टुकी चलचित्रका निर्माता एवं पाइला फिल्मस प्रा.लि.का सदस्य इन्द्रमाया गुरुङ र केन्द्रीय सदस्यमा टुकीका निर्माता एवं पाइलाका सदस्य मोहनमाया गुरुङ चयन भएका छन ।

     यसैगरी प्रचारप्रसार विभाग प्रमुखमा रमेश गुरुङ, संघ-संस्था विभाग प्रमुखमा गल गुरुङ-दिपु-, निर्माता निर्देशक विभाग प्रमुखमा सोम गुरुङ, प्राविधिक विभाग प्रमुखमा सन्तोष कोन्मे, भाषा तथा संस्कृति विभाग प्रमुखमा गम बहादुर गुरुङ र गीत संगीत विभाग प्रमुखमा राज बहादुर गुरुङ रहेका छन । यसरी नै जिफानको केन्द्रीय सदस्यहरुमा तारा कुमारी गुरुङ, आइतराम गुरुङ र विश्वात्म गुरुङ चुनिएका छन ।
    नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस