• आजकाे राशिफल हेर्नुस : ३ भाद्र २०७६

    २०७६  भाद्र ३     
    ज्यो.प. नारायणप्रसाद दुलाल 
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
     तपाइकाे समय त्यती राम्राे छैन ।  मनमा सङ्का उत्पन्न हुनसक्छ ।  खानपिनमा सजकता अपनाउनु हाेला ।   कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च हुनेछ ।

    बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  अतिथिको रूपमा सत्कार पाइएला ।  बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

    मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, हा)  मुद्धा मामिलामा सफलता पाईनेछ । लगानीको वातावरण बन्नेछ ।  न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  नयाँ कामको थालनी हुनेछ ।  बित्तिय संस्था बाट सहयोग पाईनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । चुनौतीको सामना गर्नुपर्ला ।   बन्न लागेको काम विग्रनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  अरुलाई प्रभावित पारेर काम बन्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामहरु अधुरै रहलान् ।अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ ।   वैदेशिक क्षेत्र कमजोर रहला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)धार्मिक यात्राको योग छ ।  कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।  

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)   व्यापार व्यवसायमा औसत लाभ हुनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  शिक्षामा सफलता मिल्ला ।सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मनोरन्जनमा सहभागिता भईनेछ ।  शुभ समाचार सुन्न पाइएला ।