• लप्पन छप्पन २’का कलाकार शुटिङ नगरी युराेपबाट सेल्फि हानेर फर्किए

    २०७६ भादै २ 
     नेपाल चलचित्र ‘लप्पन छप्पन २’ को स्टारर टोली छायांकन नै नगरी युराेपबाट फर्किएका  छन  ।  युराेपका पार्ट छायाकनकाे लागी युराेप पुगेका कलाकारहरु  सौगात मल्ल,  दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा,  नम्रता श्रेष्ठ  सुरविना कार्की, लगायतका टिम रहेकाे शुटिङ टाेली  छायांकन नै नगरी नेपाल फर्केका हुन । 

     निर्देशक र निर्माताविच समन्वय नहुदा युराेपमा छायाकन हुन नसकेकाे हाे।  यस अगाडी चलचित्रको छायांकन यूरोप र अष्ट्रेलियामा गर्ने निर्माण पक्षले जानकारी गराएकाे भएपनी शुटिङ टाेली क्यामरा र क्यामरा म्यान पनी नलिइर उतैका युज गर्ने र युराेप बाट छायाकन सकाएर अष्ट्रेलिया जाने याेजना फेल भएकाे हाे ।

     निर्माण पक्षले क्यामेराको व्यवस्था बेल्जियममै गर्ने याेजना बनाए पनी त्यहा क्यमराकाे व्यवस्था हुन नसकेकाे बताइएकाे छ । 
    स्राेतका अनुसार  यूरोपमा रहेका निर्माताहरु देवु श्रेष्ठ र चिजकुमार श्रेष्ठ र निर्देशक मुकुन्द भट्ट र विच समन्वय नहुँदा समस्या उत्पन्न भएकाे बताइएकाे छ । 

    शुटिङ  नै नभएपछी कलाकारहरू भने घुमफिरमा ब्यस्त हुदै संजालमा तस्वीरहरु पाेष्ट गर्न ब्यस्त थिए । करिब १७ जनाको टिम यूरोपमा  दुइ हप्ता बसेर काम नै नभएपछी  स्थानिय निर्माताहरूलाइ नाेक्सान मात्र भएकाे छ । चलचित्रलाइ फागूण ९ मा प्रदर्शनमा ल्याइने यस अगाडी नै बताइएकाे थियाे ।