• भारत-पाकिस्तानमा तनाब : अचानाेमा परे गायक मीका सिंह : लगाइयाे भारतमै प्रतिबन्ध !

    २०७६ साउन २९ एजेन्सीहरू
     चर्चित भारतीय गायक मीका सिंह पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफकाे आफन्तकी छोरीको विवाहमा गीत गाउन गए पछी भारतमा उनकाे चर्काे आलोचना भएकाे छ । हालै मात्र अल इण्डिया सिने वर्कर्स एसोसिएशनले सुचना सार्बजनिक गरी गायक मीका सिंहलाई प्रतिबन्ध गरेको घोषणा गरेको हाे । साथै उनलाइ प्रतिबन्ध समेत लाइएकाे समाचारहरूले मिडियामा प्रमुख स्थान पाइरहेका छन । 

    गत अगष्ट ८ पाकिस्तानको भिइपी परिवारको विवाह समारोहमा मा प्रस्तुति दिन गएका कारण अल इण्डिया सिने वर्कर्स एसोसिएशनले मीका सिंहलाई भारतीय फिल्म उद्योगमा प्रतिबन्ध गरेकाे बताएका छन । एकाएक मीकाले पाकिस्तानकाे विवाहमा गीत गाउँदै गरेको दृश्य भएपछि बाहिरिएपछी सामाजिक सञ्जालमा उनकाे ब्यापक आलोचना भएको थियो । साथै एसोसिएशनले मीका सिंहसंग भारतमा अब उप्रान्त कसैले पनि काम नगर्न र नदिन आग्रह गरेकाे छ । उनीहरूले साे आदेश उल्लङङन गरे कडा कानुनी कारबाही अगाडि बढाउने चेतावनी पनि दिएका छन । भारत -पाक तनाबकाे अबस्थामा मिकाले देशकाे सम्मान भन्दा पैसालाइ बढी महत्व दिएकाे रेाप लगाएकाे छ । 

    साथै अल इण्डिया सिने वर्कर्स एसोसिएशनले सरकारसँग मीका लाइ कडा कारबाही गर्न माग समेत गरेकाे बताइएकाे छ । भारत सरकारले जम्मू-कश्मीर सम्बन्धी धारा ३७० हटाए हटाउदै केन्द्र सरकारकाे अधिनमा साे भुभाग नियन्त्रित रहने अधिकार लिएपछी पाकिस्तानले त्यसको खराे बिराेध गरेकाे थियाे ।बिराेध स्वरूप पाकिस्तानले भारतसंगकाे कुटनिटिक ब्यापार तथा यातायात सम्बन्ध ताेडेकाे थियाे । जम्मू-कश्मीर क्षेत्रमा हाल पनी तनाबकाे माहाेल छ । 

    जसकाे बिराेत्र स्वरूप केही दिन अगाडी पाकिस्तानले आफ्नाे देशमा भारतीय चलचित्रहरुलाई प्रतिबन्ध लगाइएको थियाे । उता पाकिस्तानले भारत विरोधी बिभिन्न कदम उठाइरहेका बेला भारतीय फिल्मी क्षेत्रका नामी गायक मीका सिंह छिमेकी देश पाकिस्तानमै गएर गीत गाएपछी उनको आलोचना भएको हो ।