आजकाे राशिफल हेर्नुस : १ भाद्र २०७६

२०७६ भाद्र १ आइतबार राशिफल
ज्यो.प. नारायणप्रसाद दुलाल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
जीवन साथीको सल्लाहमा गरिएका कामहरूले अत्याधिक सफलता मिल्नेछ । बिभिन्न नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कामकाे थालनी हुनेछ ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बिशेष मित्रहरूबाट सहयोग मिल्नेछ । एउटै कामले दोहोरो लाभ मिल्न सक्छ । घुमपिरकाे वातावरणा बन्न सक्छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तपाइकाे समय राम्राे छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वैदेशिक क्षेत्रबाट राम्राे सफलता मिल्ने याेग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका लागी नयाँ स्रोतहरू खुल्नेछन ।चिताएका इच्छा पुरा हुनेछ र पारिवारिक सद्भाव बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोजगारको अवसर मिल्नेछ । साथी भाईको भेटघाटले मन खुशी रहला । परोपकार, धर्म कर्म, समाजसेवा जस्ता काममा मन लाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)तपाइकाे दाम्पत्य सम्बन्ध प्रगाढ सुदृढ हुनेछ । आफ्नै दक्षतामा विभिन्न कामहरू सम्पन्न हुनेछन। वित्तिय संस्थाबाट पनी सहयोग पाईने याेग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाइकाे समय त्यती उत्तम छैन बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनुहाेला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । अधुरा कामहरू पुरा हुनेछन् । सुखद यात्राको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तपाइ समय एकदम राम्राे छ । रमणीय र सुखद् यात्राको योग छ । आफन्त र साथीभाइबाट चिताए जस्ताे सहयोग तथा हौसला प्राप्त हुनेछ । आँटेको र ताकेको सबै कार्य पुरा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तपाइलाइ झुटा आरोप आइलाग्न सक्नेछ । प्रतिकूल समय रहेकाेले संयमित रहनुहोला ।ब्या वसायमा पनी नोक्सानी बेहोर्नु पर्नेछ ।
