• स्पेनिस जायन्ट रियल मड्रिड आफ्नै घरमा बराबरी

    २०७६ भदौ ८ 
    स्पनेनिस पावर*हाउस रियल मड्रिड आफ्नै घरमा भाल्लाडोलिडसंग बराबरी मा राेकिएकाे छ । केहीबेर अगाडी भएकाे खेलमा करिम बेन्जेमाले खेलकाे ८२ औं मिनेटमा गोल गर्दै रियललाई १–० को अग्रता दिलाए पनी त्याे अग्रता धेरै बेर टिकनेन । पाहुना टाेली भाल्लाडोलिडका लागी खेलको ८८औं मिनेटमा सर्जियो ग्वार्डिओलाले गोल गरेपछी खेल १–१ को बराबरी हुन पुग्याे त्यसपछी थपिएकाे अतिरिक्त समयमा गाेल हुन नसके पछी स्पस्ट ३ अंक जाेड्ने रियलकाे सपना चकनाचुर भएकाे हाे । 

    खेल अबधीभरी रिलयले पकड जमाए पनी गाेल हुन नसक्दा अंक बाड्न पुगेकाे हाे । ला लिगाकाे पहिलाे अवे खेल जितकाे रियलले दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा मा उक्लेकाे छ । यता दुइ खेलमा बिजय हासिल गरेकाे सेभिल्ला ६ अंक सहित शीर्ष स्थानमा छ रहेकाे छ । अर्का स्पेनिस जायन्ट तथा डिफेन्डिङ च्याम्पियन मेस्सि बिना खेलेकाे बार्सिलाेनाले पहिलाे खेल मा अप्रत्यासित हार भाेगेकाे थियाे । बार्सिलाेनाले दाेस्राे खेल रियल बेटिस संग नेपाली समय अनुसार १२,४५ Am साेमबार खेल्दैछ ।