• सितलनगर मगर समाज देवदह द्वारा रु १,३४,३०२ रकम गुल्मीकाे पहिरो पीडितलाई सहयोग

    २०७६ साउन ३२ 
    मनसुन सुरू भएसगै केही समय अगाडी नेपालले बाढी पहिराे र डुबानले ठुलाे क्षती बेहाेर्नुपरेकाे थियाे। राहत बितरणमा सरकारले आफुनै सक्षम रहेकाे भन्दै प्रकाेप पिडितलाइ राहत बितरण गर्ने  याेजना बनाएपनी साे याेजना प्रभावकारी हुन सकेन । 
      कैयाै  पिडितले भने जस्ताे राहत नपाएकाे भन्दै दुखेसाे पाेखेका थिए ।  यसै बिच  गत श्रावण ६ गतेको अविरल बर्षाका कारण गुल्मी जिल्लाको सत्यवती गाउँपालिका अन्तर्गत वडा न. ३ र  ४ ठूलो लुम्पेक र लिम्घामाकाे पहिराे पिडितहरूलाइ  रूपन्देही जिल्लाकाे  देवदह -७ का  सितलनगर मगर समाजले   रु.१,३४,३०२ रकम नगद सहयाेग हस्तान्तरण गरेकाे  छ । सितलनगर मगर समाजका प्रतिनिधीहरू गुल्मीकाे पहिरो पीडितलाई  साे  ठाउमा पुगेरै सहयाेग  रकम हस्तांतरण गरेका छन  ।

    सितलनगर मगर समाजले संकलन गरेको रु.१,३४,३०२/-(एक लाख चौतीस हजार तीन सय दुइ रुपिया) मध्ये  राहत सहयोग रकम गुल्मीका दुइ गाउ  लुम्पेक र लिम्घाका पहिराे पिडितलाइ आधा आधा गरी  ६७,१५१/ ६७,१५१ दुइ स्थानमा  सहयाेग गरीएकाे समाजसेवी  अनिल थापा मगरले बताउनुभयाे  ।  गुल्मीका पहिराे पिडितका लागी साे रकम सितलनगर मगर समाज  अध्यक्ष किशान थापा गरकाे संयाेजकत्वमा संकलन गरीएकाे थियाे ।