• भड्किलो रुपमा तीज मनाए कारबाही !

    २०७६ साउन २६ 
    हिन्दु नारीहरूकाे महान पर्व तीज आउन अब धेरै समय छैन । नजिकिदै गरेकाे तीज पर्बलाइ लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले एउटा सुचना जारी गरेकाे छ ।
    भड्किलो रुपमा तीज मनाए जाे काेहीलाइ पनी कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा तामझामका साथ धेरै खर्च गरेर तीज नमनाउन चितवन वासीलाइ अनुराे गरेकाे हाे ।
    साथै साे कार्यमा सहयोग गर्न नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, पेसागत संघसंस्था र सम्पूर्ण नागरिकहरुलाई समेत जिल्ला प्रशासन कार्यालय चितवनले सूचनामार्फत अपिल गरेको छ । धार्मिक र सांस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा बनेको सामाजिक सुधार ऐन–२०३३ बमोजिम परम्परालाई निरन्तरता दिने बाहेक अन्य खर्चिला र महंगा तीजका कार्यक्रम नगर्न चितवनबासीलाई साे सुचनामा अनुराेध गरिएको छ । चितवन जिल्लामा सुसंस्कार कायम गर्ने उदेश्यले साे सुचना जारी गरीएकाे जिल्ला प्रशासन कार्यालय चितवनले जनाएकाे छ

    को-को हुन् त २०७५ मा डेब्यु गरेकी नेपाली नायिका, जसले मच्चाइन् ठुलो तहल्का ? (फोटो फिचर)