• लाइफ ड्यामेजवाला भाइरल बाबाले ३८ वर्ष पछि भेटे परिवार

    २०७६ अशाेज ७  काठमाडौं ।
     सामाजिक सञ्जालमा भाइरल भएका बाबाले ३८ वर्ष पछि आफ्नो परिवार भेटेका छन् । उनले ३८ वर्ष पछि परिवार भेटेपछि निकै भावुक भएका छन् । ‘लाइफ ड्यामेज’ भन्दै भाइरल उनी अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । ३८ वर्ष पछि परिवार घेटघाट भएपछि उनको परिवार पनि निकै खुसी भएका छन् । छोरीले पनि आफु निकै खुसी भएको बताइन् । उनले मिडियालाई आफ्नो दिदी, भाई, ठूलोभाई र छोरीको परिचय गराए ।

     बमकाण्ड मा उनले बताएको कुरामा रहेका दाई पनि संगै भेटेका छन् । उनले ति दाईलाई भेटेपछि उनको आँखा पनि रसा एका थिए । राजेन्द्र जो उनका साथी हुन् जसले उनको दुखसुखमा संगै थिए । उनलाई भेट्दा आँखा रसाएका थिए । साथी र परिवारलाई पनि उनी बाबा भएर आध्यात्मक बाटोमा लागेको थाहा पाएका थिएनन् । 

    परिवार भेट्दा बाबा पनि निकै नर्भस देखिएका थिए । विजय जो बाबाका साथी थिए उनले बाल्यकालको कुरा सम्झिए । बाबासंग बा म का ण्डमा सहभागी भएका साथी विजय पनि त्यो कुरा सम्झेर हाँस्छन् । रमाइलो कुरा सम्झँदा भने माहोल नै निकै रमाइलो भएको थियो । बाबाको दिदीले पनि उनको बाल्यकाल सम्झदै भनिन् उ पहिले पनि आफ्नो प्रतिभा देखाउने खालको भएको बताइन् । 

    उनले जहिले पनि आफ्नो भाइलाई सम्झिरहने बताइन् । कहाँ गयो होला के गर्दै होला भन्दै सोचिरहेको बेलामा साथी पुर्णीमा हगंकगंवाट आएपछि उनले आफ्नै भाईलाई भिडियोमा देखाएर उसलाई चिन्छौ भनेर देखाएपछि अचम्म परिन् । उनले त्यो भिडियोमा हेर्दा पनि चिन्न सकिनन् । तर बाबाको पुरानो फोटो देखाएपछि मात्र चिनेको बताइन् । बाबाको पुरानो भिडियो पनि सार्वजनिक भएको थियो । पुरानो भिडियो पनि देखेपछि मात्र उनले आफ्नो भाई चिनेको बताइन् ।