• पहिरोले घर पुरिंदा जाजरकोटमा ३ जनाको मृत्यु

    २०७६ भदाै १५ 
    जाजरकोट जिल्लाकाे भेरी नगरपालिका वडा नम्बर २ तिमिलेमा पहिरोले घर पुरिंदा ३ जनाको ज्यान गएकाे छ । स्थानीय दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । 
    आज बिहान पौने २ बजे आएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, ९ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । घर बाहिर सुतेका कारण बलबहादुर भने बाँच्न सफल भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
    नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस