• अमेरिकामा अन्धाधुन्ध गोली चल्याे ५ जनाको मृत्यु

    २०७६ भदाै १५ एजेन्सीहरू
    बिश्वमहारथी  अमेरिकाको टेक्सस राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको देहान्त भएको छ । साे हमलामा  परी २१ जना सर्वसाधारण घाइते भएका छन। टेक्सस राज्यका पूर्वी शहरहरु ओडिसा र मिडल्याण्डमा सवारी चलाइरहेका बेला शनिबार दिउसो बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । घटनाको समय अमेरिकी हुलाक सेवाको भ्यान समेत कब्जामा लिइएको बताइएकाे  छ । 
    शंकास्पद एक बन्दुकधारीलाई प्रहरीले गोली हानी हत्या गरेको प्रहरीले दावी गरेका छन । अर्का बन्दुकधारीका विषयमा छानविन भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा धेरै जनालाई नियन्त्रणमा लिइ  दोषीको खोजी भइरहेको जनाइएको छ । घटना गराउनुको कारण अहिलेसम्म पत्ता लागेकाे  छैन । टेक्ससकै एल पासो शहरमा गत महिनामा भएको गोलीकाण्डमा २२ जनाले ज्यान गुमाउनुका साथै २४ जना घाइते भएका थिए । 
    नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस