• बेनी–जोमसोम सडक खण्ड अबरुद्द

     
    भाद्र २५ काठमाडौं 
     हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा आइतबारदेखि सवारी साधन सञ्चालन हुनसकेका छैनन् । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो । 

    पहिरोले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भीरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ । डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिनुभयो । भत्किएको सडक मर्मतको काम भइरहेको छ । 

    बेनी जोमसोममा सिधा यातायात संचालन हुन नसक्दा यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । यसले मुस्ताङ भ्रमणमा जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ ।