• एनसेलको मैले नाम पनि सुनेको छैन्र : राजतन्त्र फर्काउन नाे चान्स : देउवा

    २०७६ भदाै  २८ दाङ  
    भुपु प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र नफर्किने जनाएका छन।  दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु र हल्ला गर्नु गलत भएको बताए ।  उनले भने ‘कुनै पनि हालतमा राजतन्त्र फर्किदैन यो हल्ला मात्रै हो । 

     देउवाले एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाए । उनले भने, ‘एनसेलको मैले नाम पनि सुनेको छैन । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।  प्रदेश राजधानीबारे सोधिएको प्रश्नमा उनले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताए । 

    उनले अघि भने, ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ, यो विषयमा उहाँलाई नै सोध्नुस् ।’ देउवाले बाँके कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेका थिए ।